नेकपा (एमाले) मालारानी हंसपुर द्वारा श्रम शिविर संचालन गर्ने

| २०८० फागुन ११ गते १७: ११ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।नेकपा (एमाले) मालारानी हंसपुर द्वारा श्रम शिविर संचालन गर्ने भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) मालारानी- ८ हंसपुर वडा कमिटीले प्रत्येक महिनाको दोस्रो शनिबार नियमित  श्रम शिविर संचालन गर्ने भएको हो । 

हामी विभिन्न सभा समारोह र कार्यक्रममा सुन्ने गर्छौ  ‘परिवर्तन आफैँबाट गर्नुपर्छ ’ कुनै कार्यक्रममा सहभागि हुँदै गर्दा बोलेका यी कुराको कार्यान्वयन गर्नेहरू भने निकै कम भेटिन्छ्न। साँच्चै परिवर्तन गर्न दृढ सङ्कल्प साथ आँट गर्ने हो भने , कम्तीमा १० जनाले एक दिनमा अति महत्त्वपूर्ण काम गर्न सक्छ्न। परिवर्तन सम्भव छ । परिवर्तन ठूलै हुनुपर्छ भन्ने छैन् । सानै भएपनि पछि त्यसले ठूलो अर्थ राख्छ । जिल्लाभर मालारानी ८ नं. वडा यसको एउटा उदाहरण बन्ने ईन्चार्ज नरेन्द्र कुमार बस्नेतले बताए । 

"आफ्‌नो गाउँटोलको विकासको लागि एकजुट बनौं, हातेमालो गरौं” भन्ने मुल नाराका साथ एक जुट हुने भएका हुन । फागुन १२ गते देखि संचालन हुने यो अभियानले पक्कैपनि गाउँ समाज परिवर्तन सम्भव हुने वडा कमिटी अध्यक्ष खिमबहादुर घ.मले बताए ।

प्रतिक्रिया दिनुहोस्