हीरक महाेत्सव सफल बनाउन बैठक सम्पन्न

| २०८० चैत ४ गते १५: २२ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँची मालारानी गाउँपालिका-५ शान्ति मा.वि बाँगीकाे वैशाख ३ गते हुन लागेको हीरक महाेत्सव सफल बनाउन बैठक सम्पन्न भएको छ ।

विद्यालयका प्र.अ मानबहादुर पाण्डेकाे उपस्थितिमा भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष नारायण भुसालको अध्यक्षता नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष बिरेन्द्र केसी , पत्रकार नवीन केसी , सुनिता क्षेत्री लगाएत को उपस्थित रहेको बैठक सनिवार सन्धिखर्कमा सम्पन्न भएको हो ।

बैठकले महत्त्वपूर्ण निर्णय गरेको थियो । चैत १० गते दिउँसो २ बजे शान्ति मावि बाँगीमा पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

यस्तै हीरक महाेत्सव गितकाे लागि कलाकार माेहित मुनाल र अभिनव चाैहानलाई जिम्मा दिने र CRBT सहितको संयाेजन गर्ने जिम्मा अशाेक चाैहानलाई दिने भएको हो ।

टारीमा स्वागत गेट निर्माण गर्ने र फेसबुकमा फाेटाे फ्रेम तयार गर्न भूपु विद्यार्थी बावुराम रसायली र शिक्षक जयबहादुर राेकालाई जिम्मा दिइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्