बुबाको स्मृतिमा अक्षयकोषको स्थापना

| २०८० चैत १४ गते २२: १८ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची ।आफ्ना बुबाको स्मृतिमा छोरीले अक्षयकोषको स्थापना गरेकी छन् ।

मालारानी गाउँपालिका–५ बाँगीमा रहेको शान्ति माध्यमिक विद्यालयको लागि प्रेमकला पन्थी रायमाझीले आफ्ना स्व. पिता मोती बहादुर पन्थीको स्मृतिमा १ लाख ११ हजार १ सय ५१ अक्षयकोषको स्थापना गरेकी हुन ।
 
शिक्षक प्रेमकला पन्थी रायमाझीले २०५० सालमा शान्ति मा. वि बाट पहिलो छात्राको रुपमा नियमित समुहबाट एस. एल. सी. उत्तीर्ण गरेकी हुन् । उनले विद्यालयको हिरक महोत्सवको लागी १० हजार ५ सय पनि सहयोग गरिकी छन् । 

विद्यालयका प्र. अ मान ब. पाण्डेले योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद प्रकट गरेका हुन् । अक्षयकोषको ब्याजबाट विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार तथा विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने र विद्यालय संचालनको लागी सम्पुर्णको सहकार्य आवस्यक रहेको प्र.अ पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्