श्री शान्ति मा.वि हीरक महाेत्सव २०८१ माध्यमिक तह पालिकास्तरिय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

| २०८० चैत २९ गते ००: ३६ मा प्रकाशित

पूजा केसि ,बाँगी ।श्री शान्ति मा. वि. मालारानी -५, बाँगी ,आरुखोरको ऐतिहासिक हीरक महोत्सव २०८१ को पूर्व सन्ध्यामा विद्यालयको कार्ययोजन अनुसार तेश्रो दिन २०८०/१२/२८ गतेको पालिका स्तरीय माध्यमिक तह (१-१०)को हाजिर जवाफ प्रतियोगिता कार्यक्रमको उदघाटन भएको छ। 

उक्त कार्यक्रममा प्रमुख अतिथि तुल्सिराम  मिश्र(तिलक) वडा सदस्य हुमबहादुर महत्,विद्यालयका प्र. अ. मान बहादुर पाण्डे ,पूर्व वडा अध्यक्ष शोभाखर भुसाल,पूर्व वार्ड  सदस्य डाल बहादुर चौहान विद्यालय व्यवस्थापन समिति  सदस्यहरु ,पत्रकार विनाेद खडका ,पूजा कुंवर  विद्यालयका शिक्षकहरु र सहभागी विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो।

 कार्यक्रममा विद्यालयको हीरक महोत्सव गीतको नृत्यमा सहभागि शिक्षक तथा विद्यार्थीहरु नाच्दै ,गाउदै सुरुवात गरेका थिए र कार्यक्रममा  सात बिधालयहरुको उपस्थित रहेको थियो।

अर्घा मेहलपानि ,वैधनाथ मा.वि ,सिद्धार्थ मा.वि ,सुर्य मा.वि  ,बिरेन्द्र मा.वि ,आदर्श  मा.वि र सिद्ध मा.विधालय हरुको उपस्थित रहेको थियो र जसमा  प्रथम सिद्धार्थ मा.वि नगद रु ७५०० र प्रमाण पत्र दितिय  सिद्ध मा.वि नगद रु ६०००र प्रमाण पत्र र तृतिय सूर्य मा.वि ४५०० र प्रमाण पत्र प्राप्त गरेकाे छन।

 उक्त कार्यक्रम शिक्षक वसन्त ब.खड्काको संन्चालनमा  कार्यक्रम सम्पन्न भयकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्