शुभकामना तथा बिदाइ कार्यक्रम सम्पन्न

| २०८१ बैशाख १ गते ०७: ३२ मा प्रकाशित

सन्जु रबि पोख्रेल। श्री कालिका ने. रा. माध्यमिक विद्यालय मालारानी-४, खनमा कक्षा ११ का विद्यार्थीहरुदको आयोजनामा  कक्षा १२ का विद्यार्थीहरुलाई शुभकामना तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । 

कक्षा ११ मा अध्ययनरत विद्यार्थी शक्ति क्षेत्रीको अध्यक्षता, विद्यालय व्यवस्थापन समिती अध्यक्ष श्री गंगाराम खनालको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक श्री भुवन प्रसाद खनाल, वि.व्य.स. सदस्य तथा ४ नं. वडा अध्यक्ष श्री विष्णुप्रसाद पोखरेल साथै विद्यालय व्यवस्थापन समितिका अन्य सदस्य ज्यूहरु, विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु, अर्घाखाँची बुलेटिनका पत्रकार/ सह सम्पादक  श्री सन्जु रबि पोख्रेल, कक्षा १२ का विद्यार्थी  साथै कक्षा ११ का विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न  भएको उक्त कार्यक्रमको सन्चालन कक्षा ११ मा अध्ययनरत विद्यार्थी भाई सुशील जि.सी. को सन्चालनमा विभिन्न सांगीतिक क्रियाकलापहरुको साथमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्