श्री शान्ति माध्यमिक बिध्यालय मालारानी -५ बागी अर्घाखाँचीको ऐतिहासिक हिरक महोत्सव सम्पन्न

| २०८१ बैशाख ३ गते २०: १६ मा प्रकाशित

पुजा केसि बाँगी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराको प्रमुख आतिथ्यतामा शुरु कार्यक्रममा पुर्ब राज्यमन्त्री शुशिला सिर्पाली ,प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी ,लुम्बिनी प्रदेशका माननीय मन्त्री चेतनारायण आचार्य , जिल्ला स्थिति राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु ,सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री लगायत सुरक्षा  निकायका प्रमुखहरु ,मालारानी गाउँ पालिकाका अध्यक्ष दल बहादुर भट्टराई उपाध्यक्ष दिपा पोख्रेल पुर्ब विद्यार्थी समाजका पदाधिकारीतथा सदस्यहरु ,  विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , सहयोग दाताहरु ,पत्रकार महासंघका  अध्यक्ष ,स्वतन्त्र पत्रकार सङघ का सदस्य ,अर्घाखाँची बुलेटिन का प्रतिनिधि लगायतका संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

  कार्यक्रम बिध्यालय ब्याबस्थ्यापन समितिका अध्यक्ष चन्द्र बहादुर खड्काको अध्यक्षता स्थानीय वडा अध्यक्ष तुल्सी मिश्रको स्वागत मन्तव्य तथा सहायक प्रधानाध्यापक माधब प्रसाद पन्थीको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्