जस्तापाता गोदाममा ,मालारानी गाउँपालिका भन्छ सकियो: जस्तापाता बितरणमा चरम लाप्रवाही

| २०८१ बैशाख ८ गते २३: ०५ मा प्रकाशित

केशब पन्थी। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले ढुङ्गाको छानोमा जस्तापाता(टिन)दिने कार्यक्रममा मनपरी गरेको पाइएको छ । गोदाममा जस्तापाता  थन्काएर दिनुपर्नेलाइ  जस्तापाता नदिएपछी  अर्घाखाँची बुलेटिनले वडा नम्बर ५ को  गोदाम पुगेर जस्ताको त्यस्तै बिवरण संकलन गरेको छ  । 

त्यहाँ पुग्दा गोदाममा ६५ बन्डल जस्तापाता थन्काएर राखेको पाइएको छ । मालारानी गाउँपालिका वडा नम्बर ५  गुराँसे गाउँका आर्थिक अवस्था कमजोर भएका नरायण बिकको ढुङ्गाले छाएको घरलाइ जस्तापाता  चाहियो पालिकालाइ दिनुपर्ने दस्तुर दिन्छु भन्दा  मालारानी गाउँपालिका  अध्यक्ष दलबहादुर भट्टराईले अहिलेलाइ सकिएको प्रतिक्रिया दिनुभयो । मालारानी वडा नम्बर ५ कार्यालयले पनि सकिएको बताएपछि अर्घाखाँची बुलेटिन जस्तापाता राखेको गोदाममा पुगेको हो । 

यस अघि पनि वडानम्बर ५ को कार्यालय र मालारानी गाउपालिकालाइ सकेसम्म निशुल्क  जस्तापाता नारायण बिकलाइ दिनुहोस भन्दा पालिकाले २० प्रतिसत रकम बुझाउनै पर्ने भनेपछी अर्घाखाँची बुलेटिनले नारायण बिकको घरमा जस्तापाता लगाइदिने र आँखामा  लागेको जलबिन्दुको उपचारको लागि भनी  आर्थिक संकलन अभियान चलाएर सहयोग रकम संकलन गरेको छ । 

उठेको रकमले मालारानी गाउँपालिकाले  दिदै आएको जस्तापाता दिनुपर्ने दस्तुर दिएर प्रयोग गर्छौ भन्दा वडा नम्बर ५ का जनप्रतिनिधिले र मालारानी गाउँपालिका अध्यक्ष भट्टराईले दिन नसकिने प्रतिक्रिया दिनुभयो । अहिले उठेको सहयोग रकमबाट नारायण बिकको घर मर्मत सुरु भइरहेको छ । जस अन्तर्गत ढोका र दलनका मुडका फेर्नेकाम चलिरहेको छ । 

यो सम्बन्धी पूरा भिडियो अर्घाखाँची बुलेटिनले सार्बजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्