हंसपुर रुपन्देही सम्पर्क समाज सोसाइटीद्वारा शुभकामना आदान प्रदान संगै बिद्यालय पोशाक बितरण

| २०८१ बैशाख ९ गते २१: ५० मा प्रकाशित

हंसपुर रुपन्देही  सम्पर्क समाज सोसाइटीको आयोजना तथा सिद्धार्थ मा बि हंसपुर रतनमारेको समन्वयमा नब बर्ष २०८१ को शुभकामना आदान प्रदान , भित्ते पात्रो बिमोचन तथा बिद्यालय पोसाक बितरण कार्यक्रम आज  सम्पन्न भएको छ।

यो साविक हंसपुर घर भइ हाल रुपन्देही जिल्लामा बसोबास गर्ने हंसपुरे हरुको साझा सस्था " हंसपुरे पन सहितको परोपकारी सेवामा समर्पित सस्था"को रुपमा दर्ता भएको सस्था हो ।

समाजका अध्यक्ष सुदन ज्ञवालिको अध्यक्षता, मालारानी गाउपालिकाका अध्यक्ष दल बहादुर भट्टराईको प्रमुख आतिथ्यता, मालारानी गाउँ पालिका वडा नम्बर   ६ का वडाध्यक्ष नारायण अर्याल, वडा नम्बर ७ का वडाध्यक्ष खडक प्रसाद भुसाल , वडा नम्बर ८ का  वडाध्यक्ष नरेन्द्र बस्नेतको विशिष्ट  आतिथ्यता रहेको कार्यक्रममा विभिन्न  संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थित रहेको  थियो।

 स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष लक्ष्मण पन्थी र बिधालय का प्रधानाध्यापक राम बहादुर खडकाले स्वागत मन्तव्य राख्नु भएको थियो।कार्यक्रममा बक्ताहरुले मन्तव्य राख्ने क्रममा प्रमुख अतिथिले गाउँ छाडेर समय सापेक्ष शहर पसि विभिन्न  पेसा  ब्यबसायमा सम्लग्न रहेर पनि आफ्नो  जन्म थलो सम्झेर यस्ता कार्यक्रम आयोजना गरि हंसपुर लाई गुन लगाएकोमा   पालिकाको तर्फबाट सस्थालाइ आभार प्रकट  गर्नु भयो | सोही अबसरमा सस्थाका अध्यक्ष सुदन ज्ञवालीले हंसपुरको  उत्थानको निम्ति सामाजिक आर्थिक  शैक्षिक  क्रियाकलाप  द्वारा आफ्नो जन्म ठाँउ माथी निरन्तर योगदान गरिरहने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

उक्त कार्यक्रममा शिशु देखि  पाँच कक्षा सम्मका बालबालिकाहरुलाई १०३ थान  बिद्यालय पोसाक  बितरण गरिएको थियो।उक्त कार्यक्रममा रुपन्देही देखि सस्थाका उपाध्यक्ष बसन्त खडका, कोषाध्यक्ष  कृष्ण अधिकारी , सस्थाका सदस्यहरु  कमल मरासिनी , वसन्त पराजुली , बिष्णु पौडेल, भुवन मरासिनी , भिम ठकुरिको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन सचीव रेशम खनाल गर्नु भयो।

प्रतिक्रिया दिनुहोस्