बाँगीमा वनमा लागेकाे डढेलाे बस्तीमा पस्दा एक घर जलेर नष्ट :केहि भैँसीपनि म*रे

| २०८१ बैशाख ११ गते १४: ४९ मा प्रकाशित

पूजा केसि,बाँगी।मालारानी गाउँपालिकामा वनमा लागेकाे आगाे बस्तिमा पस्दा एक घर जलेर नष्ट भयकाे छ।

मालारानी गाउँपालिका वडा न ५ बाँगी भेडिराख्ने निवासी कमला थापाकाे घर ,एउटा थाराे , सीता मिश्रकाे एउटा भैसि हिजाे दिउँसाे वनमा लागेकाे आगाे एक्कासि पस्दा जलेर नष्ट भएको र अँगेरपाेखरि मा बस्ने स्थानीय का  खरका माँचहरु र दाउराका चाङहरु धेेरै जनाका जलेकाे त्यहाका स्थानीय युवा राम बहादुर बस्नेत ले अर्घाखाँची बुलेटिनलाइ जानकारी दिएका छन्।
 
 अरु दर्जनाै घर टहरामा आंशिक क्षति भएकाे बस्नेत ले बताए ।आगलागी मा मानवीय क्षति भएको छैन,तर भाैतिक क्षतिकाे विवरण आउँन बाँकी रहेको छ।
    
पछिल्लो समयमा अर्घाखाँची जिल्ला का विभिन्न सामुदायिक वन र गाेठ मा आगलागी हुदै आइरहेकाे छ।

प्रतिक्रिया दिनुहोस्