देउँसी भैलो खेलेर जम्मा भएको कार्तिक दानले भाँडाकुडा खरिद

| २०८१ बैशाख १६ गते २२: ०७ मा प्रकाशित

केशब पन्थी,सन्धिखर्क। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ तिजुकाचौर गाउँको तिजुकाचौर युवा क्लबले गत कार्तिकमा देउसी भैलो खेलेर जम्मा भएको पैसाले भाडाकुडा खरिद गरेको छ । 

गाउँ घरमा  हुने पुजा ,बर्तबन्ध ,बिबाह लगाएतका धार्मिक कार्यको लागि प्रयोग गर्ने गरि ५० वटा थाल ,५० वटा गिलास ,२ वटा ताप्के , २ वटा डाडु ,एउटा जग र २ वटा थप खाना बाडन प्रयोग हुने भाडा किनेको उक्त क्लबले जनाएको छ । 

गाउँ घरमा हुने ठुला  वा साना धार्मिक कार्य गर्दा वा अन्य कार्यमा धेरै मानिस जम्मा हुने तर एकै ब्यक्तिकोमा त्यति धेरै भाडा नहुने भएकोले देउसी भैलो खेलेर जम्मा भएको पैसा बाट भाडाकुडा किनिएको क्लबका सदस्य बाबुराम पन्थी र शिव पन्थीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्