मालारानी गाउँपालिकाद्वारा पहिलोपटक महिला हरुकाे लागि नाैमति बाजा बजाउँने तालिम प्रदान

| २०८१ जेठ ६ गते १३: ५९ मा प्रकाशित

पूजा केसि मालारानी।अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिकाले महिला दिदिबहिनीकाे लागि पहिलोपटक नाैमति बाजा बजाउने तालिम प्रदान गरेको छ।

गाउँघरमा पन्चेबाजा पुरुष व्यक्तिहरुले मात्रै बजाउनु पर्दछ भन्ने परम्परागत मान्यता रहदै आएकाेमा बदलिँदो परिवेश अनुसार सिपमा आत्मनिर्भर भएर आयआर्जन गर्नकाे लागि टेवा पुगाेस भन्ने उदेश्यका साथ २० दिने तालिम प्रदान गरिएको उक्त गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई ले बताउनु भएकाे छ! गाउँपालिकाकाे वडा न ८ हँसपुर र वडा न ६ रतनमारे का करिब ३५ जना महिला दिदिबहिनीहरुकाे तालिममा सहभागीता रहेको थियाे ।

शुभकार्य गर्दा बजाउने नाैमति बाजाहरु पछिल्लो समय बिस्तारै बज्न छाडेका छन पुर्खाैलि पुस्तामा भएकाे सीप युवा पुस्तामा चासाे नराख्दा नाैमति बाजा लाेप हुने चिन्ता बढेकाेले यसलाई संरक्षण गर्दै तालिम सन्चालन गरेकाे उपाध्यक्ष दिपा पाेख्ररेल ले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्