मालारानीमा अपाङगलाई स्वास्थ्य सामग्री वितरण

| २०८१ जेठ १२ गते १७: २७ मा प्रकाशित

पूजा केसि,मालारानी।अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिकामा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
 
अर्घाखाँची  जिल्लाकाे मालारानी गाउँपालिकाको सभागृहमा बहिरा व्यक्तिलाई पालिकाले वेल्ड वितरण गरेको छ!  मालारानी गाउँपालिकाका वडा नम्बर १ देखि वार्ड नम्बर ९ सम्मका ९ जना बहिरापन भएका अपाङ्ग व्यक्तिहरुलाई बेल्ड वितरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 उक्त कार्यक्रममा प्रमुख अतिथी मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई , उपाध्यक्ष  दिपा पोख्रेल ,प्रमुख प्रसाशकिय अधिकृत अशर जि.सि ,स्वास्थ शाखा अधिकृत  भविस्वर खनाल,कार्यपालिका सदस्य लिला बराल ,कार्यपालिका सदस्य पदमा पन्थि, महिला शाखा अधिकृत तिर्सना पौडेल , सृजनशिल अपाङ्ग  सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डे लगायतका अतिथि हरुकाे  उपस्थिती रहेको थियो।

उक्त कार्यक्रम विष्णु माया भट्टराईको सञ्चालनमा  सम्पन्न भयको थियो।

प्रतिक्रिया दिनुहोस्