लुम्बिनी प्रदेशकी उद्योग मन्त्री कल्पना पाण्डेले दिइन नर्भिक अस्पतालको शैयाबाटै सबैलाई रुवाउने यो मार्मिक सन्देश

| २०७८ सावन १६ गते १७: ४१ मा प्रकाशित

काठमाण्डौं ।  म अहिले अस्पतालको बेडमा छटपटीएकी छु । केही दिन यता दुवै खुट्टा नचलेपछि, भिम अस्पताल भैरहवा, गौतम बुद्ध सामुदायिक मुटु अस्पताल हुदै अहिले काठमाण्डौको नर्भिक अस्पतालमा छु।

मलाई मेरो पार्टी जनता समाजवादी पार्टी (जसपा)ले पदमुक्त गर्ने गरी गरेको निर्णयले झनै बिछिप्त बनाएको छ। हामी माथीको यो कार्वाही दोश्रो पटकको कार्वाही हो।

यस अघि पनि हामी माथि गैर सम्वैधानीक र पार्टीको बिधान बिपरीत पदमुक्त गरीएपछी सर्बोच्च अदालतमा न्याय माग्न गएका थियौं। सम्मानीत न्यायालयले हामीलाई पुर्नवहाली गरेर न्याय दिएकोे हो।
\हाम्रो यो बिषय अझै किनारा लागेको छैन् आउने भदौ १७ गतेका लागि दुवै पक्षको बहसका लागि पेशी सूचीमा चढेको छ। अदालतमा बिचाराधिन रहेकै अवस्थामा हामी माथी पुनः कार्वाहीको डण्डा चलाएर अध्यक्ष उपेन्द्र जीले राजनितीक निर्लज्जता प्रस्तुत गर्नु भएको मात्र छैन अदालतको मानहानी समेत गर्नु भएको छ।

म काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएर उपचार गराई रहेको एक साता हुन लागेको छ अहिले सारीरिक रुपमा मात्र होईन मानसिक रुपमा समेत पिडाका साथ उपचार गराई रहेकी छु। हाल सम्म उपचारमा लाखौं खर्च भई सकेको छ। दिनमा १८ हजारका दरले पर्ने ६ वटा सूई लगाउनु पर्छ, यो अवस्था कहिले सम्म जाने हो निश्चित गर्न चिकित्सकहरुले पनि सकेका छैनन्।

म अस्पताल आउदा राजनितीक परिस्थीत अत्यन्त असहज थियो, हाम्रो पार्टी भित्रको किचलो निर्वाचन आयोग र सर्बोच्च अदालतमा थियो। अहिले परिस्थीती फेरिएको छ पार्टीको आधिकारीकता बिवाद निर्वाचन आयोगले टुंगो लगाएको छ तर हामी माथी पार्टीले गरेको थिचोमिचो भने टुंगिएको छैन्।
अस्पताल भर्ना भएर उपचार गर्न थालेपछि आफन्त, पार्टी कार्यकर्ता र धेरै सुभेच्छुकहरुको फोन आएको छ। कतिपय सुभेच्छुकहरु अस्पतालमा भेटन आउनु भएको छ भन्ने थाह पाएकी छु सबै प्रति म आभारी छु। वहाहरु संग प्रत्यक्ष भेट गर्न र टेलिफोन सम्वाद गर्न सकिरहेको छैन,पार्टीका नेता तथा मेरा श्रीमान नवराज लम्सालले हरेक समय सुचना दिई रहनु भएको छ।

अहिले सम्म मलाई मेरो पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य अवस्था कस्तो छ, उपचार कसरी चलिरहेको छ भनेर अहिले सम्म सोध्नु भएको छैन,मलाई आशा थियो निर्वाचन आयोगले आधिकारीक अध्यक्ष बनाई सकेपछि मेरो पार्टीका अध्यक्षले स्वास्थ्य लाभको शुभकामनाको सन्देश पठाउनु हुनेछ। तर मेरो आशा फगत रहेछ वहाले त त्यसको सट्टा पार्टी बाटै निश्कासन गरेको पत्र पो पठाउनु भयो यो भन्दा निर्लज्जता के हुन सक्ला ?
हुन त राजनितीमा यि कुराहरु सामान्य ठानीदा रहेछन् २७ बर्ष अघि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीलाई अस्पतालकै बेडवाट जवाफ दिन बाध्य पारेर प्रधानमन्त्रीबाट हटाएको राजनितीक धरातल हाम्रा सामु छ। त्यसकै जग, सांठगांठ र संरक्षणमा रहेका हाम्रा अध्यक्षले हामी माथी यो ब्यवहार गर्नु कुनै ठुलो कुरा होईन्।

प्रदेश सभा सदस्य र संसदीय दलको बहुमतबाट चयन भएको मुख्य सचेतक माथी संघियताको मर्म बिपरीत केन्द्रियता लादेर पदमुक्त गर्ने कुन राजनितीक संस्कारमा हामी हिडदै छौं यसको जवाफ अध्यक्षले अवस्य दिनुपर्ने समय आउने छ।

माननीय अध्यक्ष ज्यु लाई सोध्न मन लागेको छ तपाईका हरेक कार्यकर्ता तपाईको नजरमा समान हुन्छन, या हुदैननरु तपाई अध्यक्ष भएको आधिकारीकात दिदा निर्वाचन आयोगले जुन न्याय गरेको ठान्नु भएको छ त्यै प्रकृतीको निर्णय अरुको पक्षमा हुदा स्वीकार्नु पर्छकी पर्दैन ?
सर्बोच्च अदालतको परमादेशले तपाईहरु प्रतिनिधी सभा पुर्नस्थापना गरेर सरकारमा जादै हुनुहन्छ भने त्यै अदालतको आदेशले हामीलाई पुनर्वहाली गरेको स्वीकार गर्न किन कठिन भएको छ ?

अदालतले हाललाई पदमुक्त नगर्नु नहटाउनु भनेको छ तपाईहरु एउटै मान्छेलाई कति पटक मार्न खोज्दै हुनुहुन्छथाह भएन तर लुम्विनी प्रदेशलाई गलत राजनितीक अभ्यासको प्रयोगसाला बनाई रहनु भएको छ जसको जवाफ पछिल्लो पुस्ताले समेत खोजी रहने छ।

प्रतिक्रिया दिनुहोस्