कुवेतमा मृ'त्यु भएका दुई जना नेपालीको सनाखत,घाइतेको उपचार हुँदै:

| २०७८ भदौ २४ गते २१: ०७ मा प्रकाशित

कुवेत।कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ मा बालुवाको ढिस्कोमा पुरिएर मृत्यु भएका दुई नेपाली युवाको सनाखत भएको छ ।

मृतक झापाको गोलधाप नगरपालिका–१, निवासी यम बहादुर कटुवाल (राहदानी नं. ०८९४४२७२) र झापाकै चकचकी–६, का सुकलाल राजवंशी (राहदानी नं. ०९१३२२८१) रहेका नेपाली दूतावास कुवेतले जनाएको छ ।

घटनामा परी रोल्पाको धनमुढा, मिझिंग गाउँपालिका–८ का सर्वजीत महरा (राहदानी नं. ०७३७६२३३) घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यही भदौ २३ गते बुधवार (८ सेप्टेम्वर २०२१) का दिन कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिँदा ती दुई युवाले ज्यान गुमाएका हुन् ।

घटनामा घाइते भएका सर्वजित महरालाई कुवेतका लागी राजदुत दुर्गा प्रसाद भण्डारीले अस्पतालमा नै पुगी उनको स्वास्थ्य र उपचारबारे जानाकारी लिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्