सार्थक जनसंगीत प्रतिष्ठान नेपालले यस वर्षकाे ‘युवा प्रोत्साहन पुरस्कार’जनगायक हेमराज आश्रमलाई प्रदान गर्दै:

| २०७८ असोज १० गते २१: ०० मा प्रकाशित

रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव तथा लामो समयदेखि जनवादी सङ्गितकोे क्षेत्रमा क्रियाशील सर्जक हेमराज पुन सम्मानित हुनुहुने भएको छ ।

“सार्थक जनसङ्गीत युवा प्रोत्साहन पुरस्कार–२०७८” बाट रक्तिमका सचिव पुन पुरस्कृत हुन लाग्नुभएको हो ।पारिजात स्मृति प्रतिष्ठानको सभाहल बालाजुमा २०७८ असोज ९ गतेका दिन आयोजित सार्थक जनसङ्गीत प्रतिष्ठान नेपालको नवौँ स्थापना दिवसको कार्यक्रममा उक्त सम्मानको बारेमा घोषणा गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ प्रगतिशील गीतकार श्याम तमोटले हेमराज पुन युवा पिँढीका सशक्त, सृजनशील, अनि क्रियाशील जनकलाकार भएकाले उहाँबाट थप योगदानको अपेक्षासहित हामीले यो वर्षको पुरस्कार आश्रमलाई दिन लागिएको बताउनुभयो ।

नयाँ तथा पुराना गरी वर्षमा दुई शीर्षकमा दुई पुस्तालाई दिइने पुरस्कारमध्ये पुराना पुस्ताको योगदानको सम्मानस्वरूप रमेश अर्याललाई सम्मान गरिने कुरा पनि सोही कार्यक्रमा घोषणा गरिएको थियो ।

प्रतिष्ठानका अनुसार पुराना स्रष्टा रमेश अर्यालले पाउनुहुने पुरस्कारको नाम “सार्थक जनसङ्गीत सम्मान” रहेको छ । उक्त पुरस्कारका लागि जनसङ्गीतको क्षेत्रमा ४० वर्ष योगदान दिएको हुनुपर्ने प्रावधान रहेको छ । पुरस्कारको राशि पच्चिस हजार रुपियाँ रहेको छ ।“सार्थक जनसङ्गीत युवा प्रोत्साहन पुरस्कार” का लागि ४० वर्ष नपुगेको र कम्तीमा १० वर्ष जनसङ्गीतको क्षेत्रमा योगदान दिएको हुनुपर्ने छ ।

पुरस्कारको राशि दश हजार रुपियाँ रहेको छ । सो पुरस्कार अर्को मितिमा प्रदान गरिने जानकारी प्रतिष्ठानका अध्यक्ष श्याम तमोटले गराउनुभयो ।

कार्यक्रममा माधव प्रधान, हेमराज आश्रम, ओम श्रेष्ठ, वीरप्रसाद भन्सारी, गुज्य मालाकार, नमुना शर्मा, आकाश थापा, मीना महर्जन, पुरुषोत्तम न्यौपाने र इसास कृतिपुरबाट विविध प्रस्तुति प्रस्तुत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्