धरानका मेयर हर्क साम्पाङ खानेपानीको मुहानमा पुगे

| २०७९ जेठ ११ गते १७: ४४ मा प्रकाशित

काठमाण्डौ। धरानका नवनियुक्त मेयर हर्क साम्पाङ फिल्डमा खटिइसकेका छन् । देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् ।

साम्पाङ आज धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन दिएका छन । उनले मुहानमा कमजोरी सच्याउन निर्देशन दिए । आफै सरसफाईमा सक्रिय भए ।

साम्पाङले आफ्नो पहिलो उद्देश्य धरानको खानेपानीको समस्या समाधान गर्नु रहेको बताइसकेका छन् । उनले चुनावमा जितेपछि खुशी मनाउने भन्दा काम गरेर देखाउन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्