रोल्पाका कुमार महरा ६ दिन देखि बेपत्ता

| २०८१ बैशाख २४ गते १७: ०० मा प्रकाशित

पूजा कुँवर ,अर्घाखाँची। रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ६ गजुल पातिहाल्ना निवासी कुमार महरा ६ दिन देखि घरपरिवार देखि सम्पर्क विहिन रहेका छन्। 

करिव पाँच बर्ष सम्म साउदी अरेवियामा बसेर घर फर्किएका महरा १ दिन मात्र बसेर अर्को दिन बिहानै (बैशाख १८ ) गते सुलिचौर बजारमा रहेको बैंकमा साथीले पैसा पठाईदिएको छ निकाल्न जान्छु भनेर घर बाट हिडेका उनि ६ दिन बिति सक्दा पनि घरपरिवार संग सम्पर्कमा नआउँदा निजका आफन्तजन हरु अत्यन्तै चिन्तामा रहेका छन्। 

बेपत्ता हुने कुमार महराको साथमा नेपालको सिम कारण नरहेको बुझिएको छ। निजका घरमा स - साना छोराछोरी र श्रीमती रहेका छन्। कृपया माथी तस्विरमा देख्नुहुने ब्याक्तिलाई कोहि कसैले देख्नु वा भेट्नु भयो भने तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन् वा 9762438581 नम्बरमा क्ल गरेर खबर गरिदिनुहुन अर्घाखाँची बुलेटिन परिवारहार्दिक अनुरोध गर्दछौं। 

प्रतिक्रिया दिनुहोस्