हाम्रो स्वाभिमान ट्रस्ट न्यास हरिद्वार द्वारा हाम्रो गौरब पुरस्कार तथा विविध संस्कृतिक कार्यक्रम गर्दै

| २०७९ भदौ १० गते ०२: १४ मा प्रकाशित

अर्जुन थापा नयाँ दिल्ली :  हाम्रो स्वाभिमान न्यास हरिद्वार द्वारा  नेपाली भाषा,नेपाली गीत-संगीत, नेपाली कला संस्कृति-संस्कार को संरक्षण र संवर्धन को निम्ति आउदै गरेको ३० अगस्त बिभिन्न कार्यक्रम गारी कार्यक्रम गर्ने भएको छ।

 विश्वको सबै भन्दा ठूलो हिन्दू नारी हरु को महान पर्व हरितालिका तीज को अबसर मा   हाम्रो स्वाभिमान न्यास  हरिद्वार द्वारा परमपुज्य स्वामी रामदेवजी महाराज एवं आयुर्वेद परम श्रध्देय आचार्य बालकृष्ण महाराज को पावन सानीध्यमा तिज महोत्सव तथा विभिन्न कार्यक्रम सहित सिरि फोर्ट आडिटोरियम  दिल्ली मा धूमधाम ले मनाउन लागेको हो। 


 समाज मा विभिन्न कार्य बाट नेपाली भाषा , कला,  संस्कार , संस्कृति साहित्य लगायत विभिन्न क्षेत्र मा विश्व सामु चिनाउने योगदान  दिएका ब्याक्तित्व हरु लाई  हाम्रो गौरव पुरस्कार ले समानित गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रम मा भारत तथा नेपालका अन्तराष्ट्रिय  ख्यातिप्राप्त कलकारहरु  मिलन लामा, कला लम्साल , दिपा नारायण झा, जुनु गौतम , जमुना शर्मा , आधश्री उपाध्य,लगायत  दार्जीलिग बासी कलाकार हरु को समेत आगमन हुँदै छ। 


उत्त संस्था का प्रतिनिधि घन्श्यम शर्मा जि ले सम्पूर्ण आमा- बुबा, दाजु भाई दिदी बहिनी, पत्रकार, बुद्धिजीवी तथा नेपाली भाषी  हरुलाई कार्यक्रम मा उपस्थिति जनाइ कार्यक्रमको सोभा बडाइदिनु हुन सबैलाई  हार्दिक निमन्त्रण समेत गर्नु भएको छ।


 कार्यक्रम हुने स्थान सिरि फोर्ट आंडिटोरियम, नयाँ दिल्ली खेल गाउँ, ग्रिन पार्क मेट्रो स्टेशन नजिक कार्यक्रम मा प्रवेश नि:शुल्क रहेको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्