भारतमा तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा मृ'त्यु

| २०७९ पौष १८ गते १८: ०४ मा प्रकाशित

धनगढी । मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृ,त्यु भएको छ । भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्काका तीन जनाको मृ,त्यु भएको हो ।

कामका लागि भारतको मेरठमा रोजगारी गर्दै आएका आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृ,त्यु भएको आफन्त गोपी भुलले जानकारी दिए ।

बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए । मृ तकको घरमा दुई छोरी र एक छोरा छन् ।source - online24global.com

प्रतिक्रिया दिनुहोस्