पाल्पाको रैनादेवी मा बस दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृ'त्यु

| २०७९ पौष २२ गते १८: २८ मा प्रकाशित

बुटवल। सालझण्डीबाट खुर्साने तर्फ आउँदै गरेकाे बस पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ मा दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुर्साने गाउँका ११ वर्षका सरुमा घिमिरे, ३३ वर्षका निर्मला घिमिरे, ५४ वर्षका खिम कुमारी राना, ४५ वर्षका गुनी गाहा र २१ वर्षका कमला भनिने दानकुमारी खत्री र १९ वर्षका बीमा पाण्डेको मृत्यु भएको हो ।

दुर्घटनामा परि घाइते भएका १६ जनाको बुटवल स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको गाउँपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए। केही घाइते भने उपचारपछि घर फर्किसकेका छन् ।

दुर्घटनामा परेको ग १ ख ४९७७ नम्बरको बस रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै थियो । दुर्घटनामा परि सवारी चालक पनि घाइते भएका छन् । चालकका अनुसार ब्रेक फेल हुँदा बस दुर्घटना भएको हो ।

घटनास्थल सालझण्डी–ढोरपाटन सडकखण्ड अन्तर्गत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्