डोलेश्वर बहूद्देशीय सहकारी संस्थाको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

| २०७९ माघ २ गते १९: ४५ मा प्रकाशित

काठमाडौं। डोलेश्वर बहूद्देशीय सहकारी संस्थाको छैठौँ वार्षिक साधारण सभा सहकारीकै लगानीमा  रहेको  Dmpc Agro Farm & Organic Resort मा  सम्पन्न भएको छ।  कोटेश्वर, ३२ काठमाडौंमा रहेको सहकारी संस्थाको  छैठौ वार्षिक साधारण सभामा  संस्थाका अध्यक्ष शिवलाल पौडेलको सभापतित्व तथा ललितपुर वडा नम्बर २८ हरिसिद्दिका  वडा अध्यक्ष तथा सहकारी विज्ञ विरेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो।

 डोलेश्वर बहूद्देशीय सहकारी संस्थाको छैठौँ वार्षिक साधारण सभा 

उक्त   साधारण सभामा अतिथिका रुपमा रेडियो नेपाल प्रवक्ता हरिशरण लामिछाने, नेपाल सरकारका सचिव बिनोद केसी, नेपाल वायु उर्जाका अध्यक्ष सुधिर कुमार यादव तथा सहकारी अभियन्ता रामहरी धितालको उपस्थिति रहेको थियो।  कार्यालय प्रमुख दिपक केसीले कार्यक्रम संचालन गरेका थिए। कर्मचारी विन्दु आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् भने रेडियो नेपाल प्रवक्ता हरिशरण लामिछानेले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा सुझाव सल्लाह सहितको मन्तव्य नेपाल सरकारका सचिव बिनोद केसीले राखेका थिए भने यसोधा कार्कीले आफ्नो अनुभुव सुनाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्