लोकदोहोरी गायक भिम पौडेलको निधन

| २०७९ माघ १३ गते १७: ०० मा प्रकाशित

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको बिहीबार राती निधन भएको छ।

उनको बिहीबार राती स्याङ्जाको कोल्मा खुदीस्थित आफ्नै घरमा निधन भएको हो । कलाकार एवं ईन्द्रेणीका संचालक कृष्ण कँडेलका अनुसार पौडेल केहीदिनदेखि अस्वस्थ रहेर पोखरामा बस्दै आएका थिए । बिरामी भइरहेकै अवस्थामा उनी घरमै आराम गर्न भनेर स्याङ्जा घरमा गएका थिए । घरमै आराम गरिरहेका बेला बिहिबार राती ११ बजेर २० मिनेटमा पौडेलको निधन भएको कँडेलले बताउनु भयो । कँडेलका अनुसार पौडेलको शवलाई शुक्रबार पोखराको राम घाटमा अन्त्येष्टी गरिने छ ।


पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए। उनी केही समयदेखि अस्वस्थ थिए। लोक दोहोरीमा लोकप्रिय रहेका पौडेलको निधनले देशको लोकदोहोरी क्षेत्रले ठूलो क्षति ब्यहोर्नु परेको कँडेलको भनाई छ । पौडेलको एक्कासी निधनले आफूहरु निकै स्तब्ध भएको पनि कँडेलले बताउनु भयो ।

पौडेलको निधनको खबर सुन्ने बित्तिकै आफूहरु पोखरा पुगेको कँडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्