ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जना अस्पताल भर्ना

| २०८० असार १५ गते २०: ५७ मा प्रकाशित

काठमाडौं, १५ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जना अस्पताल भर्ना भएका छन्।

सीआइबीका अनुसार मीनबहादुर गुरूङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा भर्ना गरिएको हो।

उनीहरूको स्वास्थ्यमा समस्या देखिएपछि बिहिबार अस्पताल भर्ना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्