टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोरीको मृ'त्यु

| २०८० असार २० गते १४: १० मा प्रकाशित

सुनसरी, असार २०। सुनसरीको इटहरी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा छोरीको ज्यान गएको छ ।

मंगलबार दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–८ गैसारका ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया छोरी अनुशा (अंशु) घाइते भएका थिए । गम्भीर घाइते आमा छोरीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा ज्यान गएको इलाका प्रहरीले कार्यालय इटहरीले जनाएको छ ।

कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घटनापछि स्थानीय बासिन्दाले टिपरमा तोडफोड गरेका थिए भने नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

टिपर चालक सर्लाहीको हरिवनका बलबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको कोशी सेन्ट जेम्स कलेजमा बीबीएस प्रथम बर्षमा अध्यायनरत अंशु र उनकी आमाको ज्यान गएपछि विद्यालयले आज शोक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्