असुरकोट-रुपन्देही महिला समुहले वार्षिकोत्सबको अवसरमा गर्याे तीज मिलन कार्यक्रम

| २०८० सावन २८ गते २२: २६ मा प्रकाशित

टेकराज भुसाल    
साउन २७ बुटवल ।  असुरकाेट-रुपन्देही महिला (छाेरी, बुहारी र आमा) समुहले पहिलो वार्षिकोत्सबको अवसरमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।

असुरकाेट-रुपन्देही सम्पर्क समाजको मातहतमा रहेको उक्त छाेरी, बुहारी र आमा समुहले शनिवार बुटवलमा तीज मिलन कार्यक्रम गरेका हो।

कार्यक्रममा भूमिकास्थान नगरपालिका वार्ड नम्बर ५ का पूर्व वडाध्यक्ष तुल्सीराम बेलवासे, भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेल्वासे, असुरकाेट-रुपन्देही सम्पर्क समाजका प्रतिनिधि प्रेमनारायण बन्जाडे, सीता केसी लगायतले बाेल्दै समाजमा रहेको पुरानो संस्कृति तथा चाडपर्वलाई अहिलेका नयाँ पीढीहरुले बिर्सदै गएको भन्दै यसलाई बचाएर राख्नुपर्नेमा जाेड दिनुभएको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष शान्ता भुसालको अध्यक्षता, सचिव गीता खनाल (बन्जाडे) काे संचालन र निर्मला बेल्वासेकाे स्वागत मन्त्वयमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्