माओवादीले मोदीलाई हटाएर जनमत पार्टीकी अनितादेवीलाई मन्त्री बनाउने

| २०८० सावन २९ गते १७: १८ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो।

मोदी बाहिरिएसँगै मन्त्रिपरिषद्‌मा जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने तयारी भइरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नै मन्त्रिपरिषद् हेरफेरको तयारी अघि बढाएका छन्।

माओवादीका तर्फबाट पर्यटनमन्त्री भएका सुदन किराँतीलाई पनि हटाएर पार्टीबाट अर्को व्यक्तिलाई मन्त्री बनाउनुपर्ने आवाज माओवादीमा उठेको छ।

किराँती हटेमा माओवादी माधव सापकोटा, हितबहादुर तामाङ र महिन्द्रबहादुर शाहीमध्ये एक मन्त्री बन्नेछन्।देश संचार 

प्रतिक्रिया दिनुहोस्