महरापुत्र राहुलको प्रष्टीकरणः कसैसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्न हुँदैन

| २०८० सावन ३० गते १३: ५६ मा प्रकाशित

काठमाडौं,२९ साउन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा ९ किलो सुन प्रकरणमा जोडिएपछि महरापुत्र राहुलले पहिलोपटक मुख खोलेका छन् ।

महरापुत्र राहुलले आज भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा नाम मुछिएपछि बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोजेको भन्दै आपत्ति जनाएका छन् । उनले सञ्चारमाध्यम आफै न्यायालय बन्न खोजेको भन्दैअसन्तुष्टि समेत जनाएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत महराले कोही कसैसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्न नहुने प्रष्टीकरण दिएका छन्।

उनले लेखेकाम छन् ‘हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं। सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । संचारमाध्यम बाट एकहोरो आक्रमण हुनु को पछाडी हामीले बुझ्न सकेका छैनौ । हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो। राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ’ ।

भेपमा लुकाएर नेपाल ल्याइएको ९ किलो सुन प्रकरणमा महरा बाबुछोराको नाम जोडिँदै आएको छ । तर आजसम्मपनि उनीहरुमाथि छानबिन भने भएको छैन । जसको अहिले चौतर्फी आलोचना भईरहेको छ ।रिपोर्टस नेपाल 

प्रतिक्रिया दिनुहोस्