घरमा पालेको गाईलाई बारीमा लगेर काटिरहेकै अवस्थामा तीन जना पक्राउ

| २०८० भदौ १० गते १५: ५८ मा प्रकाशित

काठमाडौँ । गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । शनिवार बेलुकी प्रहरीले तीन जनालाई गाई काटेको आरोपमा पक्राउ गरेको थियो। तनहुँको शुक्लागण्डकी नगरपालिका-६ कमलबोटका २९ वर्षीय रमेश नेपाली र अन्य २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

रमेशले घरमा पालेको गाईलाई बारीमा लगेर काट्दै गरेको सूचना पाएपछि प्रहरी उक्त स्थानमा पुगेको थियो । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरीले चार जनालाई गाई काटिरहेकै अवस्थामा फेला पारेको हो।

प्रतिक्रिया दिनुहोस्