चालकमाथी कुटपिट गर्ने प्रहरीलाई कार्वाही काे माग गर्दै देउराली यातायात अर्घाखाँची ले निकाल्याे विज्ञप्ति

| २०८१ जेठ १८ गते १६: ३३ मा प्रकाशित

पूजा केसि,सन्धिखर्क।देउराली यातायात अर्घाखाँची प्रा.लि ले सवारी चालकमाथि कुटपिट गर्ने प्रहरीलाई कार्वाही काे माग गर्दै विज्ञप्ति निकालेकाे छ।

काठमाडौं बाट अर्घाखाँचीका लागि छुटेको बा ५ ख ६२११ नम्बरको यात्रुबाहक र हाइस गाडीका सञ्चालक प्रशान्त सुनारलाई नवलपुर जिल्ला स्थित दुम्किबास र दाउन्ने सडक खण्डको बिचमा बुधबार दिउँसो सुरक्षा लागि खटेकाे प्रहरीले चालक सिटमा प्रवेश गरि चालक लाई कुटपिट गरेको देउराली यातायात अर्घाखाँची प्रा.लि ले  विज्ञप्ति मार्फत जनाएको छ।

त्यसलाई कानुनि दायरामा ल्याइ कडा भन्दा कडा कार्वाही काे लागि सम्बन्धित निकाएकाे ध्यान पुर्‍याएकाे अध्यक्ष गाेविन्द प्रसाद बन्जाडे काे भनाइ छ ।जनताको जिउ धनकाे सुरक्षा गर्दै देशमा शान्ति सुरक्षा स्थापित गर्ने मुख्यत नेतृत्व लिएकाे राष्टकाे जिम्मेवार निकाए प्रहरी प्रशासन का कर्मचारी हरुबाट निर्दाेष सवारी चालक माथि तथा मजदुर माथि कुटपिट गर्नु दुखत रहेको बन्जाडे ले निकालेकाे विज्ञप्ति मार्फत जनाएको छ साथै यातायात क्षेत्र का सवारी चालक तथा मजदुरलाई निर्वात र निर्भीक रुपमा काम गर्ने वातावरण निमार्ण गर्न र घाइते चालकलाई आवश्यक उपचार काे उचित प्रबन्ध मिलाउन सम्बन्धित निकाएकाृ ध्यानआकर्षण गराईएकाे छ।

प्रतिक्रिया दिनुहोस्