पाल्पामा पहिरोले स्कारपियो च्यापिँदा तीन जनाको मृ'त्यु

| २०८० भदौ १३ गते १३: १५ मा प्रकाशित

गुल्मीबाट बुटवल जाँदै गरेको स्कारपियो पाल्पामा पहिरोले च्यापिँदा तीन जनाको मृत्यु भएको छ ।

गुल्मीको सदरमुका तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कारपियो बुधबार पाल्पाको रिब्दीकोट गाउँपालिका २ जार्तेमा पहिरोले च्यापिएको हो।

दुर्घटनामा तीन जनाको मृत्यु र पाँच जना घाइते भएको रिब्दिकोट – २ का वडा अध्यक्ष ओम प्रसाद पोख्रेलले जानकारी दिए । यद्यपी, घटनाको पूर्ण विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्