करार कि कर्मचारीलाई जंगलमा लगेर डेटिङ गर्ने हाकिमको जागिर चट हुदै, जिम्मेवारीबाट हटाइयो

| २०८० असोज १२ गते १२: ३७ मा प्रकाशित

झापा । महिला कर्मचारीसंग जंगलमा डेटिङमा जाँदा फेला परेका अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाइएको छ ।

अर्जुनधारा नगरपालिकाको शनिश्चरे अस्पताल व्यवस्थापन समितिको आज बसेको आकस्मिक बैठकले अनैतिक क्रियाकलापमा संलग्न भएको भनी दावी गरिएको हुँदा सो सम्बन्धमा के भएको हो भनी निजसँग स्पष्टिकरण माग गर्ने र अर्को व्यवस्था नहुञ्जेल उनलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीबाट अलग गर्नका लागि कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनका प्रेस सल्लाहकार नन्दलाल खतिवडाले जानकारी दिए ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बस्नेत र अस्पतालकी एक महिला कर्मचारीसँगको भिडियो सार्वजनिक भएसँगै आकस्मिक बैठक बोलाइएको थियो नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै अस्पतालमा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले नै जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो ।

बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाहा पाएसँगै पछ्याएको र उनीहरुलाई जंगलमा भेटेपछिको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । अस्पतालमा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ।

भिडिओमा बस्नेतकी श्रीमतीले बस्नेतलाई गालीगलौज गर्दै लछारेको देख्न सकिन्छ । घटना सार्वजनिक भएसँगै नगरपालिका, स्वास्थ्य शाखा, शनिश्चरे अस्पताल र स्वास्थ्यकर्मीको सर्वत्र आलोचना भएको छ ।परस्त्रीसँग आफ्नो श्रीमान डेटिङ गएको उनको श्रीमतीले भेटेपछि उनीहरुबीच भएको अश्लिल संवाद र गालीको भिडियो सामाजिक सञ्जालमा छरपष्ट भइसकेको छ ।

स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत परस्त्रीसंग आपत्तिजनक अवस्थामा जंगलमा भेटेपछि केहिबेर कुटाकुटसम्म भएको भिडियोमा देखिन्छ ।सार्वजनिक भएको भिडियोमा बस्नेतलाई एकजना महिलाले घाँटीमा समाएको र भुँइमा लडाएको प्रष्ट देख्न सकिन्छ। स्रोत - गण्डकी छड्के 

प्रतिक्रिया दिनुहोस्