नायक अनमोल केसी पक्राउ

| २०८० असोज १२ गते १८: ११ मा प्रकाशित

काठमाडौं,१२ असोज । चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् ।उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो ।थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए ।तर ‘रामायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माण पक्षले उजुरी दिएको हो ।

अनमोलले पनि केहि दिनअघि आफ्नो आधिकारीक पेजबाट कुरा नआएसम्म प्रचार गरिएको सबैकुरा सत्य नभएको बताएका थिए । उनले घुमाउरो तरिकाले रामायणमा काम नगर्ने बताएका थिए । अनमोल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् ।स्रोत - रिपोटर्स नेपाल 

प्रतिक्रिया दिनुहोस्