देशभरका रेडियोबाट अर्घाखाँचीका भुवनेश्वोर अधिकारी ले गरे सातौँ बृहत काग सम्मेलन [भिडियो सहित]

| २०८० कार्तिक २५ गते १७: ०२ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। झिलिमिलि दीपको पर्व भनिने नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको पहिलो  दिन आज बिहानै कागको पूजा गरिँएको छ।

अर्घाखाँचीको सामुदायिक रेडियो देउराली १०१मेगाहर्जको संयोजकत्वमा देशभरका सयौ रेडियो एफएम स्टेसन बाट "सातौ बृहत् ‘काग सम्मेलन’ २०८० सम्पन्न गरिएको छ ।

यमपञ्चकको पहिलो  दिन काग तिहारका अवसरमा आज बिहान काग बोलाएर छैटौ काग सम्मेलन गरिएको हो ।

सम्मेलनमा बहुचर्चित हास्यकलाकार तथा वरिष्ठ काग विशेषज्ञ  भुवनेश्वोर अधिकारिले विभिन्न एफएम रेडियो स्टेसनको छतमा राखिएको स्पिकर बाट कागको स्वर निकालि कराउदा कागलाई एकै ठाउँमा जम्मा पारेको दृश्य आसपासका जनसमुदायहरुले रमाइलो गरि अवलोकन समेत गरेका थिए । अधिकारीले कागको स्वर निकालेर बोलाएपछि कागहरू उनको आवाज भएको रेडियोको भवनमा राखिएको स्पिकरसम्म आइपुगेका थिए ।

अधिकारिले विगत ७ वर्षदेखि काग तिहारका अवसरमा रेडियो बाट काग सम्मेलन गर्दै आएका छन् ।

काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै काग विषेशज्ञ अधिकारीले यस वर्षको काग सम्मेलनको उदेश्य  नेपालमा बढदै गएको बेरोजगार,युवा विद्यार्थी विदेश पलायन हुनु,सरकारको गैरजिम्मेवार नेतृत्व भ्रष्टाचार विरुद्ध र भुकम्पजस्ता प्राकृति विपत्ति नहोस् भन्ने हेतुले काग सम्मेलन  गरेको बताउनुभएको छ, मुख्यत नेपाली क्रीकेट टिमको अहिलेको उचाइ झै सुखि र समृद्धि नेपालको परिकल्पना समेत गरेको बताउदै सातौ बृहत काग सम्मेलन गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्