मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८० मंसिर १३ गते १६: ५५ मा प्रकाशित

पुजा केसी ,अर्घाखाँची। मल्लरानी ग्रामीण बिकास सरोकार  केन्द्र मल्लरानी -४  प्युठानले सरोकारवाला बिच सन्धिखर्कको कर्मचारी मिलन केन्द्रमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बिगत तीन बर्ष देखि  टिबि स्क्रिन तथा एचआईभी स्वास्थ सम्बन्धि काम गर्दै आएको केन्द्रले आज जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा शुरु कार्यक्रमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल , प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर , अर्घाखाँची अस्पतालका प्रतिनिधि , जिल्ला स्वास्थ कार्यालयका प्रतिनिधि केन्द्रका प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

 ग्वलोबल फन्डको संचालन तथा सेभद चिल्ड्रेनको साझेदारिमा  संचालित केन्द्रले सामुदायिक शसक्तिकरण , शुसासन, स्थानीय क्षमता बिकास , आयआर्जन , उदमसिलता तथा स्वास्थ सम्बन्धि काम गर्दै आयको यस केन्द्रको बारेमा   कार्यक्रम प्रमुख गिता भुसालले प्रस्तुतिकरण गर्नु भएको थियो ।
  
जिल्ला स्वास्थ कार्यालयका प्रमुख शिव सार्कीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा केन्द्रका कार्यकारी प्रमुख बिजय श्रेष्ठको स्वागत मन्तव्य तथा एमबी अफिस प्रज्वल पहाडीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्