बुद्ध जन्मेको ठाउँबाट पार्टी लाई थप बलियो बनाउछौ : देउवा

| २०८० मंसिर १६ गते २२: ३१ मा प्रकाशित

बुटवल ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी लाई बुद्ध जन्मेको ठाउँबाट बलियो बनाउने तर्फ लागी परेको बताएका छन ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनको सनिवार बुटवलमा उद्घाटन गर्दै सभापति देउवाले प्रदेश सम्मेलनले पार्टी बलियो बनाउने अभियान भएको बताएका हुन ।

देउवाले भने “कांग्रेसको प्रदेश सम्मेलनले पार्टीलाई बलियो बनाउँछ। हामी सबै एक भएर लाग्नुपर्छ। बुद्ध जन्मेको ठाउँबाट पार्टीलाई थप बलियो बनाउछौ ।”

प्रतिक्रिया दिनुहोस्