बालाचतुर्दशी : पितृका नाममा आज शतबीज छरियो

| २०८० मंसिर २५ गते १९: २३ मा प्रकाशित

काठमाडौं । आज बालाचतुर्दशीको दिन पितृका नाममा शतबीज छरिएको छ ।

पशुपतिनाथ क्षेत्र लगायत शिव मन्दिरहरुमा सोमबार बिहानैैदेखि शतबीज छर्न शुरु गरिएको थियो ।

बालाचतुर्दशीको अघिल्लो दिन अर्थात आइतबार साँँझ पितृका नाममा बत्ती बालेर मृतकका आफन्त रातभर जाग्राम बसेका थिए । उक्त दिन (त्रयोदशी)को साँझ विधिपूर्वक महादीप बालेर रातभर जाग्राम बस्ने र चतुर्दशीका दिन (आज) बिहानै नदीमा बत्ती बगाउने गरिन्छ ।

चतुर्दशीका दिन बिहानै नुहाएर चोखो भइ पशुपतिनाथ क्षेत्रमा शतबीज (धान, जौ, गहुँ, चना, तिल जस्ता अन्न र केरा, सुन्तला, उखु, भोगटे, कागती, बिमिरो, अमला जस्ता फलका का साथै फूलहरु) छर्ने गरिन्छ ।

चतुर्दशीका दिन बिहानै शिवालयमा शतबीज छरेमा पितृको उद्धार हुने मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्