सिंहदरबार, नयाँ बानेश्वरलगायत क्षेत्रमा हिँड्नै नमिल्ने गरी प्रतिबन्ध

| २०८० फागुन १५ गते २२: ३० मा प्रकाशित

काठमाडौँ। सरकारले सिंहदरबार‍, नयाँ बानेश्वरलगायत क्षेत्रमा पैदलसमेत हिँड्न नमिल्ने गरी प्रतिबन्ध लगाएको छ।लघुवित्तपीडित सोमबार संसद् भवन नयाँ बानेश्वर भित्रै छिरेर प्रदर्शनमा उत्रिएपछि सरकार निरंकुश बनेको हो।

सरकारले सिंहदरबारको पेटीमा हिँड्न नदिन डोरी टाँगेर निषेधित क्षेत्र लेखेको छ भने संघीय संसद् भवन नयाँ बानेश्वरमा पनि पेटीमा हिँड्न प्रतिबन्ध लगाएको छ।

संसद् भवनको दक्षिण र पश्चिमतर्फ पेटीबाट आवतजावत गर्न नमिल्ने बनाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा पनि सुरक्षा सतर्कता बढाइएको छ। बालुवाटारको उत्तर र पूर्वतर्फको पेटीमा प्रवेश निषेधको ब्यानर राखिएको छ।देश सञ्चार

प्रतिक्रिया दिनुहोस्