झुन्डिएर आ'त्म'ह'त्या गरेको भनिएकी शालीनको यौनाङ्ग र गालामा कसरी चोट ?

| २०८० फागुन १८ गते १७: ५८ मा प्रकाशित

काठमाडौं। चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालीन पोखरेलले आत्महत्या गरिएको भनिएको घटना शंकास्पद देखिएको छ ।

१२ फागुन शनिबारको दिन बिहान सोही स्कुलको होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएकी उनको शवको प्रकृतिको विषयलाई लिएर आफन्तले प्रश्न उठाएका छन् ।

उक्त घटनाको सत्यतथ्य छानबिन गर्न शालीनका बुबा दीपेन्द्र पोखरेलले माग गरेका छन् । दीपेन्द्रले शुक्रबार काठमाडौंमा केही मिडियाकर्मीसँग भने, ‘‘गालामा २ वटा घाउ छ । यौनाङ्गमा चोट लागेको देखिएको छ । झुन्डिएर आत्महत्या गरेको भनिएको घटनामा यो कसरी भयो ?’’

शालीनको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ । पोष्टमार्टम रिपोर्ट समेत परिवारलाई देखाइएको छैन ।लास झुन्डिएको अवस्था, त्यहाँको वातावरण र वस्तुस्थिति हेर्दा आफ्नी छोरीले झुन्डिएर आत्महत्या गरेको भन्ने कुरा अस्वाभाविक र अपत्यारिलो देखिएको उनले बताए ।

आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

‘‘म त्यहाँ पुग्नुभन्दा पहिले नै घटना भएको छात्रावासको ढोका फोडिएको थियो, घटना भएको ठाउँमा सरसफाइ गरिसकेको थियो । शालीनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा फेला परेको थियो । सबै प्रमाण किन नष्ट गरियो ?’’ दीपेन्द्रले प्रश्न गरे ।

आत्महत्या गरेको भनिएकी शालीन पोखरेलका बुबा दीपेन्द्र र आमा सगुन अधिकारी
दीपेन्द्रले घटनापछि विद्यालयमा गएर सर्वपक्षीय छलफलपछि मात्रै मुचुल्का गर्न आग्रह गर्दा प्रहरीले विद्यालय परिसरभित्रै भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरेकोसमेत दाबी गरेका छन् ।

गोरखा जिल्ला अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलकी छोरी शालीन २ वर्षयता चितवनमा बसेर पढ्दै आएकी थिइन् । उनले आत्महत्या गरेको भनियो । घटनापछि अभिभावकले जाहेरी दिँदा प्रहरीले लिन मानेन ।

अभिभावकले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावास सुपरिवेक्षक कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले नाम हटाएर ल्याउन भनेको थियो ।

तर, पछि जाहेरी दर्ता भएको छ । अहिले उनीहरू पक्राउ परेका छन् ।source-nepallive

प्रतिक्रिया दिनुहोस्