नयाँ गठबन्धनको नयाँ हिसाब : ओली र प्रचण्ड दुई-दुई वर्ष प्रधानमन्त्री, गृहमा रविको दाबी

| २०८० फागुन २१ गते १६: ५९ मा प्रकाशित

काठमाडौं। नयाँ बनेको सत्ता गठबन्धनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल थप दुई वर्ष प्रधानमन्त्री बन्ने भएका छन् ।

यस्तै उनको दुई वर्ष पूरा भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री दिनेबारे छलफल भएको छ ।हाल बालुवाटारमा जारी नयाँ सत्ता गठबन्धनको बैठकमा उपस्थित एक नेताले भने, ‘अन्य पावर सेयरिङ पनि त्यसरी नै हुने छ ।’

माधव नेपाल सरकारमा गएपनि प्रधानमन्त्री हुने कुनै बाटो नभएको ती नेताले खबरहबलाई बताए । यस्तै, गृहमा अहिलेसम्म रास्वपा सभापति रवि लामिछानेलाई नै पठाउने छलफल चलिरहेको छ ।source-khabar hub 

प्रतिक्रिया दिनुहोस्