मोटरसाइकलसहित शव फेला

| २०८० फागुन २६ गते १४: ५४ मा प्रकाशित

राजविराज । कुनौली–राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक पुरुषको शव शनिबार फेला परेको छ । राजविराज नगरपालिका–१६ का राजेशकुमार यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।

पुलमुनि मधेस प्रदेश ३०६१ नम्बरको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सक्ने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।

कुन कारणले कसरी दुर्घटना भयो भन्ने अहिलेसम्म खुलेको छैन । घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

पुलको तल ‘शव’ देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएपछि परीक्षणका निम्ति शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्