मेहेनेती शिक्षक दल बहादुर रायमाझी

| २०८० चैत ४ गते २०: २२ मा प्रकाशित

 बिकास सुनार ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं -०७ चिदिचौर" श्री भगवती मावि पातुन्डाडाका कार्यरत शिक्षक श्री दल बहादुर रायमाझीले बिहान ०४ बजे देखी विहान ८:०० बजे र भगवती मावि ९:०० देखी १०:०० बजे  बिहानसम्म र  साँझ ०४  बजे  ०५ सम्म  ०६ देखी  ७:०० बजे सम्म प्रति - सम्म गाउँका स्थानीय विद्यालयको विधार्थीलाई दैनिक ट्युसन पढाउनुहुन्छ ।

मिहिनेतका साथ उहाँ १५/२० बर्ष देखी मिहिनेतका साथ टिउशन पढाउँदै आउनु भएको छ । दल बहादुर रायमाझीले पहिले आफुले २:०० बजे बिहान बाट पनि विधार्थीलाई टिउसन पढाएको बताउनुहुन्छ ।गाउँघरका समाजसेवी तथा खेती किसानमा उत्तीकै  मिहिनेत गर्नुहुन्छ ।उहाँ बिद्यालयामा मात्र नभई स्थानीय विधालयको पनि विधार्थी लाई घाँस पात जहाँ जादाँ पनी नजानेका कुरा सिकाउने  गर्नुहुन्छ । 

दल बहादुर रायमाझी समाजमा भएका समस्या समाधान गर्न उहाँ आफुले गर्न सक्ने सहयोग गर्नुहुन्छ । उहाँले समस्या भएका व्यक्तिहरुलाई समेत आफुले गर्न सक्ने सहयोग गर्ने जर्मको गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्