पिपलधारा चौतारी संपर्क समिति विश्व संजाल गुल्मीद्वारा काठमाडौं मा २०८१- सालको कैलेन्डर बिमोचन एवं वितरण कार्यक्रम सु- सम्पन्न

| २०८१ बैशाख १ गते ०७: २६ मा प्रकाशित

रबि पोख्रेल।पिपलधारा चौतारी सम्पर्क समिती विश्व संजाल गुल्मी ले यो बर्ष पहिलोपटक काठमाडौं बाट पनि कार्यक्रम गरि क्यालेन्डर बिमोचन एबम् वितरण कार्यक्रम सम्पन्न  गरेको छ । 

२०८१साल काे क्यालेन्डर बिमोचन, कार्यक्रम हरु काठमाडौं स्थित सस्थाका सल्लाहकार एवम् कमल ट्राभल एण्ड टुर प्राईबेट लिमिटेडका मेनेजीङ डाईरेक्टर कमल जिसी ज्यु र नेपाल संयोजक प्रकाश थापा ज्युको पहलमा  समयमै केलेन्न्डर  बिमोचन भब्य र सभ्य रुपमा सु सम्पन्न भयकोछ साथै विशिष्ट अथिती सस्थाका सल्लाहकार एवम्   नेपाल सरकारका भुतपुर्व सचिव एवम् बर्तमान कलेज प्रोफेसर  डाक्टर श्री नारायण थापा ज्युको बिशेश उपस्थिती मा साथै सस्थाका सल्लाहकार बिष्णु खत्री ज्यु, सल्लाहकार रविन महत ज्यू एबम्   पिपलधारा घर भई काठमाडौं मा बस्ने महानुभावहरुको  उपस्थितिमा  सम्पन्न भएको छ मलेसिया बाट संस्थाका द्वितीय उपाध्यक्ष केशवराज घिमिरे ज्यू ले जानकारी दिनु भएको छ।
,
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा वार्ड नं २ पिपलधारा बाट विश्वका विभिन्नमुलुकहरूमा छरिएर रहेका युवाहरुको परोपकारी  संस्था  विक्रम सम्वत २०७१ साल मा स्थापना भएको यो संस्थाले पिपलधारा स्वस्थ चौकीलाई एम्बुलेन्स हस्तान्तरण,वार्ड स्थित श्री गणेश उच्च मा वि स्थापनाको लागि रु ५५५,५५५  सहयोग,मिर्गौला पीडित प्रतिमा थापा बचाउ अभियान अन्तर्गत रु ५ लाख हस्तान्तरण,जनचेतना मुलक होर्डिङ बोर्ड निर्माण,पर्यटन मन्त्रालय र संस्था को सहकार्यमा सार्वजनिक मंच  निर्माण,कोरोना काल मा विशेष अभियान  लगायत विभिन्न सामाजिक काम मा सहयोग र दुखी विपना असहाय पीडित परिवार लाई सहयोग गर्दै आइरहेको जानकारी संस्थाका सुचना तथा संचार संयोजक प्रसान्त खनाल  एवम्  द्वितीय उपाध्यक्ष केशवराज घिमिरे ले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्