थ्रेसरमा च्यापिएर महिलाको मृ'त्यु

| २०८१ बैशाख २ गते १९: २७ मा प्रकाशित

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आज गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर भीमदत्त–९ का ४२ वर्षीया कौशादेवी जोशीको मृत्यु भएको जानकारी दिनुभयो । घटनापछि प्रहरीले ट्र्याक्टर र चालक पारस कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

“महिलाको शव शवपरीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको छ”, प्रवक्ता जोशीले भन्नुभयो, “घटनाको थप अनुसन्धान भइरहेको छ ।” रासस

प्रतिक्रिया दिनुहोस्