डाक्टर महाबिर पुनले आफनै तस्बिर सार्बजनिक गर्दै किन भने आफैलाइ अचम्मको जन्तु ?

| २०८१ बैशाख ४ गते २३: २६ मा प्रकाशित

नेपालका बैज्ञानिक डाक्टर महाबिर पुनले आफ्नो फेसबुक पेजमा अचम्मको जन्तु भन्दै आफ्नो तस्बिरमा सेता जुँघा जोडेर सार्बजनिक गर्नु भएको छ ।आज आफ्नो आत्माकथाको किताब बेच्दै हिडेको १०० दिनको अबसरमा पुनले आफ्नै तस्बिर  सार्बजनिक गर्दै यो अचम्मको जन्तुबाट अलि सचेत हुनुहोला  भन्दै आफ्नो भनाइ सार्वजनिक गर्नुभएको छ ।
उहाले किताब बेच्दै गर्दै 

उहाले फेसबुकमा लेखेको सबै बिवरण जस्ताको त्यस्तै ।

लौ हेर्नु होस् अचम्मको जन्तुको फोटो - तपाइंले बिश्वास गर्नुस वा नगर्नु होस् यो अचम्मको जन्तु नै हो र खतरनाक पनि छ । यो जन्तु आफ्नो आत्मकथाको किताब बेच्न भनेर काठमाडौँ बाट हिंडेको आज ठ्याक्कै १०० दिन पुग्यो । करिब ८४ हजार जति किताब बेचिसक्यो र ५ करोड रुपैंया जति पैसा कमायो ।

कसैले बिश्वास गर्दै नगर्दा पनि यो जन्तुले आफ्नो आत्माकथाको किताब बेचेर ३० बर्ष सम्म बन्द भएको बीरगंजको कवाडी कृषि औजार कारखाना चलाउन सकिन्छ भनेर ढिपी गरि रहेकोछ । यो जन्तुले किताब बेच्दै अहिले सम्म २८ वटा जिल्लाको जान सकिने गाउँ, बजार र बस्ति पुगेर दुनियाँलाई किताब बेचेर दुख दिईरहेको छ। त्यसैले सज्जन र विद्वान महानुभावहरु यो अचम्मको जन्तु देखि अलि होसियार हुनु होला ।

प्रतिक्रिया दिनुहोस्