भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रकमा आगलागी

| २०८१ बैशाख ११ गते १५: १६ मा प्रकाशित

भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रकमा आगलागी भएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारमा मंगलबार ट्रकमा आगलागी भएको हो।

भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आगो लागेको हो।

केमिकलहरु आपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने चालक सुशील विकले बताए।

(राससको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्