देशव्यापी महिलावादी"अनुपम अभियान" (२०२४) अन्तर्गत यात्रै यात्रा कार्यकम सन्धिखर्क मा सम्पन्न (तस्विर सहित)

| २०८१ बैशाख २६ गते १८: २९ मा प्रकाशित

अर्घाखाँची। देशव्यापी महिलावादी "अनुपम अभियान" अन्तर-पुस्ता महिलावादी मंच IGGF को अनुपम अभियान (२०२४) को अन्तर्गत  यात्रै यात्रा कार्यकम आज सन्धिखर्क १ को शान्ति बगैँचामा सम्पन्न भएको छ। 

उक्त कार्यक्रम मा सन्धिखर्कका विभिन्न संघ संस्था पार्टीका महिलाकर्मीहरुको उपस्थित रहेको थियो। 

अन्तर पुस्ता महिलावादी मंचले ( IGGF  ) वि स २०८० देखि २०८४ सम्का लागी एक देशव्यापी महिलावादी "अनुपम अभियान"को शुरुवात गरेको छ। 

यो  "अनुपम अभियान" अन्तर्गत यो दोश्रो बर्षमा ,एकजुट हुने प्रक्रियामा  देशव्यापी यात्राहरु गर्ने देशव्यापी महिलावादी "अनुपम अभियानले जनाएको छ। 

जसको शुरुवात पुर्व देखि पश्चिम सम्मको बस यात्रा हालै चैत्र महिनामा यस अभियान ले सम्पन्न गरेको थियो। बस यात्रालाई पछ्याउँदै ,प्रदेश जिल्ला पालिका र वडा भित्र यस्तै यात्राहरु बर्षभरि सम्पन्न गर्ने बुझिएको छ। 

यो ५ बर्षे "अनुपम अभियान"को मुख्य लक्ष्य भनेको एउटा न्यायिक र समतामुलक समाज बनाउन टेवा पुर्याउनु हो यसको लागी कुनै पनि पछाडी पारीएका समुदाय र महिलाहरुको आवाज बुलन्द गर्दै उनिहरुलाई राष्ट्रको हरेक तहमा निर्णयाक भूमिकामा पुर्याउने र परमुखी विकासको कुल फर्काउदै आत्मसम्मान र आत्मनिर्भरता बढाउने यस अभियानको प्रयास रहेको छ। 

यसो गर्दा महिलावादीहरुको स्वाभिमान र आत्मसम्मान बढ्ने बिश्वास अभियानले लिएको छ। वि स २०८१ (सन् २०२४ )अन्तर्गत देशव्यापी नै यात्राहरु बिभिन्न माध्यमहरुबाट (पैदल ,साइकल ,टेम्पो ,बस इत्यादि )प्रयोग गर्ने खबर प्राप्त भएको छ। 

यसरी 'अनुपम अभियान"को चिनारी र  IGGF को बल बढाउँदै ,बढी भन्दा बढी महिलावादी साथीहरुलाई समेट्ने प्रयास गर्ने बिश्वास  IGGF लिएको बुझिएको छ। 

प्रतिक्रिया दिनुहोस्