गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठन नभए सदन चल्दैन : कृष्ण सिटौला

| २०८१ बैशाख २८ गते १७: ०० मा प्रकाशित

२८ वैशाख, काठमाडौं । राष्ट्रिय सभाका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण सिटौलाले सहकारीको रकम अपचलनमा संलग्न रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठन नभए सदन नचल्ने बताएका हुन् ।

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसदको दुवै सदनको बैठक चल्न नदिने कांग्रेस संसदीय दलको निर्णय रहेको  उनले बताए ।

शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्रीमाथि छानबिन समिति गठन नभएम्म सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिने निर्णय गरेको थियो।

विगतमा प्रश्न उठेका मन्त्रीहरूले राजीनामा दिएका र निर्दोष रहेको अवस्थामा पुनः जिम्मेवारीमा फर्केका उदाहरण रहेको स्मरण गर्दै कांग्रेस सांसद सिटौलाले वर्तमान गृहमन्त्रीको सम्बन्धमा पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका हुन् । पदमा रहेका व्यक्तिमाथि निष्पक्ष  छानबिन हुन नसक्ने उनको भनाइ रहेको छ ।source-onlinekhabar

प्रतिक्रिया दिनुहोस्