बुटवल बाट हज गर्ने जानेहरुलाई मस्जिद समितिले गर्यो सम्मान सहित बिदाई (तस्विर सहित)

| २०८१ बैशाख २८ गते २२: ४० मा प्रकाशित

बुटवल । ईस्लाम धर्मावलम्बीहरुको पवित्र स्थल साउदी अरबको मक्का मदिनामा हज गर्न जाने हाजी हज्जिनहरुलाई एक कार्यक्रमका बिच बिदाई गरिएको छ । 

बुटवलमा रहेको मदिना मदरसा प्रबन्ध परिषद समितिले सम्मान पत्र , खादा र दोसल्ला ओढाई १५ जना हजयात्री हरुलाई बिदाई गरेको हो ।

बुटवल बाट १५ जना हज गर्न जाने भएका छन भने देशभर ७४९ जना जाने भएका हुन । जेठ २ गते देखि नेपालबाट मक्का-मदिनाका लागि उनीहरु जाने छन् ।

उनीहरुले नेपाल सरकारले ताेकेकाे प्रतिब्यत्ती ४ लाख १५ हजार शुल्क बुझाएकाे सहभागीहरुले जानकारी दिए ।

४५ दिनकाे यात्रामा हज कमिटीले यातायात, हवाई टिकट, आवासका साथै खानाकाे प्रबन्ध गर्ने छ । उनीहरु मक्का-मदिनाबाट असार १५ गते नेपाल आउनेछन् ।ईस्लाम धर्मको  ५ वटा फर्ज रहेको उनिहरु बताउछन ।

मस्जिद समितिका कार्यवाहक अध्यक्ष हाजी अहमदिन अलि ( गोरे) को  अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि मस्जिद समितिका संरक्षक जमाल मिया, विशिष्ट अतिथि बबर अलि मिया, अतिथि अहमद अलि , मस्जिद समितिको उपसमिति अध्यक्ष अन्जिल खान , मौलाना गुलाम साबिर लगाएत मुस्लिम मुस्लिम समुदायको बाक्लो उपस्थिति थियो ।

कार्यक्रम मौलाना गुलाम  साबिर अलिले कुरान तिलावत गरि सुरुवात गरिएको थियो भने समितिका उपाध्यक्ष जलिउल्ला मियाँको स्वागत मन्तव्य र सचीव सबर मियाको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्