एलिना चौहानले रुँदै पोस्ट गरिन् भिडियो, भएको के हो ?

| २०८१ जेठ २९ गते १७: २८ मा प्रकाशित

काठमाडौं । गायिका एलिना चौहानले मंगलबार दिउँसो रुँदै गरेको एक भिडियो इन्स्टाग्राममा पोस्ट गरिन् । भिडियोमा उनको अनुहारमा नीलडाम देखिन्छन् ।

उनले एक हिन्दी गीतमा भिडियो बनाएकी छन् । गीतको बोल छ– ‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारी नाम, थारा बंगला, थारा काम, तुम्ही रखो रे ।’

एलिनाले उक्त भिडियोको क्याप्सनमा लेखेकी छिन्– एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईंलाई आदर गर्नेछ ।’ यो क्याप्सन अर्थपूर्ण देखिन्छ ।

गत महिना मात्र विवाह गरेकी एलिनाको रोएको यो भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि प्रशंसक चिन्तित बनेका छन् । कतिपयले पति-पत्नीबीच झगडा परेको हो कि भनेर टिप्पणी गरेका छन् ।

कतिपयले एलिनाले अभिनय गरेको हुनसक्ने भन्दै टिप्पणी गरेका छन् । धेरै जनाले के भयो भने प्रश्न सोधिरहेका छन् ।

यी सबै जिज्ञासाको जवाफ दिंदै एलिनाले लेखेकी छिन्, ‘यो अभिनय मात्र हो है, गीत मन परेर । नराम्रो नसोच्नु होला कसैले ।’स्रोत - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्