समाचार

नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने धर्म गुरु पक्राउ

२०८० असार १२

काठमाडौं।नारी शक्तिको जागरण गराउने भन्दै पीडितहरुबाट करिब ५ करोड रुपैयाँ र १ सय तोलाभन्दा बढी सुन एवं सुनको गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।